Logo
Logo

‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र संगीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा राहुल विश्वकर्माले संगीत संयोजन गरेका हुन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित राष्ट्रिय शहीद स्मारक निर्माण स्थल क्षेत्रको जगडोल उद्यानमा छायांकन गरिएको यस म्युजिक भिडियोमा सुवास शाह र एलिशिबा फूयाँलको अभिनय रहेको छ । ‘तिमीलाई मैले देखेको त्यो पारि गावैँमा, तिमीलाई मैले भेटेको त्यो पारि डाँडैमा’, ‘माया तिमी साह्रै नै निष्ठुरी, जति माया लाए नि नहुने’ लगायतका गीत म्युजिक भिडियोमा समावेश गरिएका छन् । मिराज अर्यालले छायांकन गरेको भिडियोलाई सुवास शाहले नै सम्पादन गरेका हुन् ।

फोर बी पिक्चर्सको प्रस्तुति रहेको म्युजिक भिडियो प्रोमोशन नेपालसँगको सहकार्यमा तयार पारिएको हो । म्युजिक भिडियोको निर्देशन वजय मगरले गरेका हुन् । गायक श्रेष्ठको आधिकारिक च्यानल ‘जेन श्रेष्ठ’ मार्फत भिडियो सार्वजनिक गरिएको हो । गायक श्रेष्ठले यसअघि ‘अँध्यारो’ म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्