Logo
Logo

यस्तो रहनेछ आजको मौसम


315
Shares

काठमाडौं । अहिले देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव सामान्य रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

त्यस्तै, देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही दिउँसो बाँकी स्थानमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने बताइएको छ । प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

यसैबीच, देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेका कारण आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्