Logo
Logo

एक हजार बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेका रुसको दाबी


567
Shares

एजेन्सी । एक हजार बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसले घेराबन्दी गरिएको युक्रेनको बन्दरगाह सहर मारिपोलमा ती सेनिकले आत्मसमर्पण गरेका दाबी गरेको हो ।

उक्त सहरस्थित एक कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेका रुसी टेलिभिजनले जनाएको बीबीसीमा उल्लेख छ । रोयटर्सका अनुसार सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा तयार गरेको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखिएको हो । सो समाचार संस्थाका अनुसार ३६ औँ मरीन ब्रिगेड नामक सैन्य समूहले आत्मसमर्पण गरेका हुन् ।

यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले भने अनुसार ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएकाले त्यसको अर्थ मारिपोल अझै पराजित नभएको दाबी गरेका छन् । दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निशानामा रहेको थियो । रणनीतिक रूपमा महत्वपूर्ण मानिएको उक्त बन्दरगाह सहरमा अझै एक लाख जति निःशस्त्र मानिस रहेका जनाइएको छ ।

मारिपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले त्यहाँ कब्जा गर्न रुसले आफ्नो शक्ति केन्द्रित गरेको छ । युक्रेनलाई मारिपोलको पराजयले गम्भीर क्षति पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्