Logo
Logo

पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता


315
Shares

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ गतेदेखि गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु हुँदैछ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उक्त प्रतियोगिता जेठ २८ गतेसम्म पोखरामा सञ्चालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्