Logo
Logo

टी–२० शृंखला विजेता टोलीलाई जनही २ लाख रुपैयाँ


441
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले त्रिदेशीय टी–२० शृंखला विजेता नेपाली टोलीका खेलाडीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्यूगिनी र मलेसियाबीचको शृंखलाको उपाधि जितेको नेपाली टोलीका खेलाडीहरूलाई जनही दुई लाख रुपैयाँ नगदसहित पुरस्कृत गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार त्रिदेशीय टी–२० शृंखला खेलेका १६ जना खेलाडीले दुई/दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्