जलेश्वर । महोत्तरीको सातपत्रे जंगलमा कुहिएको अवस्थामा बुधवार एक व्यक्तिको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५ सय मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जंगलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा भेटिएको हो । नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जंगलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।














