काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
एन्फा अफिसियल नामको आधिकारिक फेसबुक पेज ह्याक भएको हो। उक्त फेसबुक पेज ह्याक भएपछि नयाँ फेसबुक पेज सुरु गरिएको एन्फाले जनाएको छ ।
भेरिफाइडसमेत भएको उक्त पेजलाई पुन: आफ्नो पहुँचमा लिन निकै प्रयास गरे पनि असफल भएको एन्फाले जनाएको छ ।
पहुँच सम्भव नभएपछि पेज डिलिट गर्ने प्रक्रिया अगाडि बढाइएको एन्फाले जनाएको छ ।














