Logo
Logo

आईपीएल क्रिकेट : राजस्थान पराजित, गुजरात शीर्ष स्थानमा


441
Shares


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरातले शीर्ष स्थान बनाएको हो ।

गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोश बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । गुजरातका लकी फर्गुसन र यश डायलले ३–३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पाण्डेयले अविजित ८७ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका कुलदीप सेन, युजभेन्द्र चाहल र रियान परागले १–१ विकेट लिए । जितसँगै गुजरातले ५ खेलमा चार जितका साथ ८ अंक जोडेको छ । राजस्थानको ५ खेलमा ६ अंक छ भने राजस्थान तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्