Logo
Logo

एमाले नेता माधवप्रसाद पाण्डे माओवादीमा प्रवेश


18.7k
Shares

काठमाडौं । नेकपा एमाले नुवाकोटका नेता माधवप्रसाद पाण्डे पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनलाई माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । पाण्डे नेतृत्वमा एक सय कार्यकर्ता प्रवेश गरेको माओवादीले दाबी गरेको छ ।

‘एमालेका अध्यक्ष केपी ओली नुवाकोट गएको भन्ने सुनेँ,’ पाण्डेलाई स्वागत गर्दै प्रचण्डले भने, ‘तर माधव पाण्डेको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्नुभयो । यो सुखद संयोग हो ।’

पाण्डे नुवाकोटको बेलकोटगढी १३ का स्थायी बासिन्दा हुन । एमालेमा रहँदा उनले बेलकोटगढी नगरपालिकामा मेयर पदमा दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्