Logo
Logo
स्थानीय तह निर्वाचन

कांग्रेसले आज उम्मेदवार टुंगो लगाउने, कार्यसम्पादन समितिको बैठक बस्दै


3.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको उम्मेदवार छान्ने भएको छ । त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिबार) बस्दै छ ।

फाइल फोटो

आजको बैठकले महानगर र उपमहानगरको प्रमुख एवं उपप्रमुखको उम्मेदवारको नाम टुंगो लगाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

कांग्रेसले यसअघि शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सात वटै प्रदेश र ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने सहितका ६ निर्णय गरेको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध पनि गरिएको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्