काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला तहका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

गत स्थानीय तहमा लोसपाबाट बाराको पचरौता नगरपालिका–१ का वडाध्यक्ष रसिद मियाँ अन्सारी र वडा नम्बर ६ का अध्यक्ष रौसन अली काँग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी कार्यालय सानेपा आज महामन्त्री गगन थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीमा स्वागत गरेका थिए ।
त्यस्तै सोही नगरपालिका ३ का गत निर्वाचनमा वडाध्यक्षका उम्मेदवार जयप्रकाश कुसवाह पनि काँग्रेस प्रवेश गरेका छन् । त्यसैगरी नेकपा एमाले बाराका जिल्ला सदस्य तैयव अन्सारी र नुरहसन अन्सारी काँग्रेस प्रवेश गरेका छन् ।














