Logo
Logo

सुनुवार संघ समाजवादीको अध्यक्षमा उदयबहादुर


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट नेपाल किरात सुनुवार संघ समाजवादीको अध्यक्षमा उदयबहादुर सुनावार निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको भेलाले उदयबहादुरको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरेको हो ।

कार्यक्रममा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल, एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)का ईन्चार्ज पासाङ शेर्पा सहभागी भएका थिए ।

त्यस्तै एकीकृत समाजवादी समाज कल्याण केन्द्रीय विभाग सदस्य प्रकाश मुखिया सुनुवार, एकीकृत प्रगतिशील प्रध्यापक संगठनका केन्द्रीय सदस्य मनबहादुर सुनुवार लगायतका नेताहरु उपस्थित रहेका थिए ।

भेलाले प्रकाश मुखिया सुनुवार र उदयबहादुर सुनुवारले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन परित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्