Logo
Logo

आईपीएलमा बेङ्गलोर विजयी


693
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्गलोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । मुम्बईमा गएराति सम्पन्न खेलमा बेङ्गलोरले दिल्लीलाई १६ रनले हराएको हो ।

बेङ्गलोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७३ रन मात्र जोड्न सक्यो । दिल्लीका डेभिड वार्नरले ६६ रनको अर्धशतकीय पारी खेले । बेङ्गलोरका जोश हाजलउडले ३ र मोहमद सिराजले २ विकेट लिएका छन् । यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । बेङ्गलोरका लागि दिनेश कार्तिकले ६६ र ग्लेन म्याक्सवेलले ५५ रनको अर्धशतकीय पारी खेले । दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदीप यादवले समान एक/एक विकेट लिए ।

जितसँगै बेङ्गलोरले ६ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोर तेस्रो स्थानमा उक्लिएको छ भने दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौँ स्थानमा छ । हिजो भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्ससँग पराजित हुँदै लगातार छैटौँ हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्