Logo
Logo

विराटनगरको मेयरका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाका लागि मेयरको नाम सिफारिस गरेको छ । जसमा प्रतिनिधि सभा सदस्य डा डिला संग्रौला, केन्द्रीय सदस्य अमृत अर्याल, मेयर भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्की रहेका छन् ।

त्यस्तै उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज वर्मा, दुर्गा कोइराला, डा. सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्