Logo
Logo

ओली हुम्ला जाँदै


819
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । जिल्लाका दुई छुट्टा छुट्टै स्थानमा आयोजना हुने आसन्न स्थानीय तह निर्वाचन लक्षित आम सभालाई सम्बोधन गर्न उनी हुम्ला जान लागेका हुन् ।

एमालेका जिल्ला सचिव तीर्थराज बोहराका अनुसार स्थानीय तहको निर्वाचन लक्षित प्रचार र पार्टीको जिल्लाको अवस्था बुझ्न अध्यक्ष ओली हुम्ला जान लागेका हुन् । उनका अनुसार अध्यक्ष ओलीले जिल्लाका तीन ठाउँको भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रित दुई वटा आम सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अध्यक्ष ओली पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्याली पुगेर लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताए ।

लिमीबासीसँगको भेटेपछि नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गरेर अध्यक्ष ओलीले जिल्ला सदरमुकाम सिमकोटको आम सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि उनले जिल्लाको दक्षिणी भेगस्थित अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्