Logo
Logo

याक्थुङ कुरुम्बाङ सङ्जुम्भो उपत्यका समितिमा पुनः मीनप्रसाद


756
Shares

काठमाडौं । याक्थुङ कुरुम्बाङ सङ्जुम्भो उपत्यका समितिको अध्यक्षमा पुनः मीनप्रसाद कुरुम्बाङ दोहोरिएका छन् । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनले मीनप्रसादकै अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सङ्जुम्भोको केन्द्रीय अध्यक्ष तेजेन्द्र कुरुम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ र उत्तरकुमार कुरुम्बाङ, सचिवमा महेन्द्र कुरुम्बाङ र सह–सचिवमा उत्तम कुरुम्बाङ चयन भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा पदम कुरुम्बाङ र सह–कोषाध्यक्षमा प्रकाश कुरुम्बाङलाई चयन गरिएको छ । सदस्यहरुमा विनय कुरुम्बाङ, मनमाया कुरुम्बाङ, आशा कुरुम्बाङ, दुर्गामाया कुरुम्बाङ, ज्ञानेन्द्र कुरुम्बाङ (पचासे) र हिमाल सुब्बा कुरुम्बाङ चयन भएका छन् ।

सङ्जुम्भोका केन्द्रीय उपाध्यक्ष योगेन्द्र कुरुम्बाङ निर्वाचन अधिकृत रहेको अधिवेशनबाट चयन भएका नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै प्रमाणपत्र प्रदान गरिएको थियो ।

केन्द्रीय सचिव विरेन्द्र कुरुम्बाङ, बरिष्ठ सल्लाहकार बसन्त कुरुम्बाङ, संस्थाका संरक्षक दीर्घजंङ कुरुम्बाङलगायतको आतिथ्य रहेको कार्यक्रममा जगतबहादुर कुरुम्बाङ, शिवमाया कुरुम्बाङ र दिलमाया कुरुम्बाङलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्