Logo
Logo

नवौँ राष्ट्रिय खेलकुद : लोगो, मस्कट, गीत र नारा आह्वान


315
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत र नारा पेश गर्न सार्वजनिक अपील गरेको छ ।

आउँदो जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने सो प्रतियोगिताका लागि परिषद्ले प्रतिक चिह्न मस्कट, लोगो, खेलकुद गीत रचना र नारा यही वैशाख ११ गतेभित्र पेश गर्न आह्वान गरेको हो । लोगोका लागि गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब, नवौँ राष्ट्रिय खेलकुद र शक्तिको प्रतिक झल्कनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै, गीत रचना राष्ट्रिय भावनाले ओतप्रोत तथा खेल र खेलाडीको भावना समेटिएको हुनुपर्ने उल्लेख गरिएको छ ।

लोगो, मस्कट र गीत रचना कसैसँग बाझिएमा वा कपी राइट गरेमा रद्द गरिने परिषदले जारी गरेको सूचनामा उल्लेख छ । परिषदका अनुसार छनोटमा परेको लोगोलाई ५० हजार, मस्कटलाई २५ हजार र गीत रचनालाई २० हजार र नारालाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्