काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।

आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा यी तीन नेताबीच भेटघाट भएको बाबुरामको सचिवालयले जनाएको हो ।
स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेको भन्दै बाबुराम र उपेन्द्रले प्रचण्डसँग गुनासो गरेको बताइएको छ । पाँच दलीय चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताइएको छ ।
जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएको र अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ ।














