Logo
Logo

गर्भनरमाथिको कारबाही फिर्ता गर्न माग


1.2k
Shares

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि कारबाहीको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । सरकारसँग गर्भनर अधिकारीमाथिको कारबाही फिर्ता गर्न माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुुन् ।

राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको आव्हानमा बालुवाटारस्थित केन्द्रीय कार्यालय परिसरमा आइतबार कालो ब्यानर झुण्ड्याइएको छ । उपत्यकाबाहिरका सम्पूर्ण कार्यालयमा समेत विरोध जनाइएको संघले जनाएको छ ।

‘केन्द्रीय बैंकको स्वायत्ततामाथिको नांगो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर अधिकारीमाथि सुरू गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ लगायतको माग राख्दै कर्मचारीले विरोध गरेका हुन् ।

प्रदर्शनको क्रममा संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा राज्य सञ्चालक वित्तीय माफियाहरूको चंगुलमा फस्न थालेपछि राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताउँदै गभर्नरमाथि कारबाही फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्