Logo
Logo

एमाले सचिवालय बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक एमालेले सोमबार साँझ साढे ६ बजेका लागि बोलाएको हो । स्थानीय तह निर्वाचनको घोषणापत्रलगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ११ बजे बस्ने छ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्