Logo
Logo

चुनाव टार्न कसैले सक्ने छैन : ओली


441
Shares

सोलुखुम्बु । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोशिस नगर्न चेतावनी दिएका छन् ।

फाइल फोटो

सोमबार सोलुखुम्बुमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोशिस नगर्नुस् । उहाँले बुझ्नु हुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।’

उनले गठबन्धन आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप लगाएका छन् । ‘आज पनि अहिले पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दै छ । म गठबन्धनालाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो । अब सह्य हुन सक्दैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्