Logo
Logo

निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस् : प्रमुख निर्वाचन आयुक्त


819
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

स्थानीय तहको निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेको भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेको भोलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो बताएका हुन् । ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’, उनले भनेका छन् ।

मंगलबार राजधानीमा पत्रकारसँगको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’

एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्