Logo
Logo

सुनको भाउ ४ सयले घट्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४ सयले घटेर रु. एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु. एक लाख दुई हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार ६ सय तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार थियो ।

त्यस्तै, आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला रु. एक हजार ४ सय २० कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ७४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्