एजेन्सी । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मंगलवार मस्को पूर्वी युक्रेनलाई ‘मुक्त’ गर्न खोजिरहेको बताएका छन् ।
तर, पश्चिमी शक्तिहरूले कीभलाई हतियार उपलब्ध गराएर सैन्य कारबाहीलाई लम्बाइरहेको आरोप उनले लगाएका छन् ।शोइगुले पूर्वी युक्रेनको विद्रोही क्षेत्रहरूको सन्दर्भमा भने, “हामी विस्तारै डोनेट्स्क र लुगान्स्क जन गणतन्त्रलाई मुक्त गर्ने हाम्रो योजना कार्यान्वयन गर्दैछौँ ।”
“तर, वाशिंगटन र यसका सहयोगीहरूले उनीहरूको हतियार आपूर्ति मार्फत द्वन्द्वलाई तन्काइरहने कोसिस गरिरहेका छन् ।”, उनले भनेका छन् ।











