Logo
Logo

महानगर र उपमहानगरमा एकीकृत समाजवादी : दुई मेयर, चार उपमेयर


3.2k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले एक महानगरपालिका र एक उपमहानगरपालिको मेयरमा उम्मेरदवारी दिने भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले महानगर र उपमहानगरको सिट बाँडफाँड टुंगो लगाएको हो । जसअनुसार एकीकृत समाजवादीले पोखरा महानगर र हटौँडा उपमहानगरको मेयरमा साझा उम्मेदवारी दिने समहमति भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगर गरी चार उपमेयरको उम्मेरदवारी दिनेछ । उसले काठमाडौं महानगरको उपमेयरमा उम्मेरदवारी दिने छ भने इटाहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपमेयरमा उम्मेरदवारी दिने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्