Logo
Logo

गठबन्धनविरुद्ध काम गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री


882
Shares

बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनको निर्णय विपरीत गए कारबाही गर्ने चेतावनी दिएका छन् । बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले सो चेतावनी दिएका हुन् ।

सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय भएको उनले बताए । गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने उनको भनाइ छ ।

उनले भने, ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ, पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई कारवाही गरिने छ ।’

गृहमन्त्री खाणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्