Logo
Logo

चुनावी तालमेल पार्टीको निर्णय विपरित : शेखर कोइराला


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन् ।

नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन् ।

फाइल फोटो

उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सवै लाग्नुपर्ने बताए । नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भएपनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए । उनले चुनावमा हुने पदको बार्गेनिङसँग कांग्रेस डराउन नहुने बताए ।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्