वीरगञ्ज । सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलको सहमति भइसकेको छ । यसैबेला प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि सत्तारुढ दल इतरसँग चुनावी तालमेललाई तिव्रता दिएका छन् ।

यसैक्रममा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् ।
]यसबारे बिहीबार बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यसअघि एमालेले राप्रपा नेपाललगायतसँग चुनावीी तालमेल गर्ने सहमति गरिसकेको छ ।














