Logo
Logo

सुनको भाउ तीन सयले बढ्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले बढेर रु. एक लाख ९०० पुगेको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. एक लाख ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख एक १०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँच ले घटेर रु. एक हजार ३८० मा आएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्