Logo
Logo

आयकरको सीमा बढाउने तयारी



काठमाडौं । नेपाल राजस्व परामर्श समितिले आयकरको सीमा (स्लाब) बढाउने सुझावसहित प्रतिवेदन तयार पारेको छ ।
आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि सुझाव संकलन गरिरहेको समितिले आयकरको स्याब बढाउने गरी प्रतिवेदन तयार पारेको हो ।

विभिन्न व्यवसायी तथा कर्मचारीसँग भएको छलफलका क्रममा छिमेकी देशहरुको तुलनामा नेपालको स्याब कम भएको गुनासो आएसँगै समितिले सोहीअनुरुप प्रतिवेदन अगाडि बढाएको बताइएको छ ।

सरकारले आर्थिक वर्ष २०७६–०७७ मा आयकरको स्लाबमा परिवर्तन गरेको थियो । ३ लाख ५० हजारबाट ४ लाख पुगेको आयकर सीमा दुई वर्षदेखि बढेको छैन । एकातर्फ मुद्रास्फीतिले रेकर्ड राख्ने तर अर्कोतिर स्लाब कम हुँदा बढी कर तिर्नुपरेको गुनासो बढेको थियो ।

समितिले त्यसलाई बढाउने गरी प्रतिवेदन बुझाउने तयारी गरेको समाचार कारोबार दैनिकले लेखेको छ । समितिले सुझाव संकलनको काम सकेर प्रतिवेदन तयार गरिरहेको र यसै महिनाभित्र अर्थमन्त्रीलाई प्रतिवेदन बढाउने गरी काम अगाडि बढाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्