Logo
Logo

सरकारसँगै नीति परिवर्तन हुँदा चिनियाँ लगानीकर्तालाई समस्या : राजदूत यान्छी


1.2k
Shares

काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयलाई लिएर चीनले असन्तुष्टि जनाएको छ ।

दूतावासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताउँदै असन्तुष्टि जनाएकी हुन् ।

राजदूत यान्छीले भनिन्, ‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ । तर, सरकार परिवर्तनसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ ।’ यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ ।’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेको थियो । उक्त निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त आयोजना आफैं बनाउने केही दिन अघिमात्र निर्णय गरेको थियो ।

चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमै भुक्तानी नपाउने अर्को समस्या रहेको रहेको समेत उनको भनाइ छ । आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, रूख कटानलगायत अरू आधारभूत कुरा समयमै हुन नसक्दा चिनियाँ कम्पनीलाई काम गर्न समस्या परेको राजदूत यान्छीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्