Logo
Logo

महानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो दुई बजे कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

पार्टी कार्यालयमा बस्न उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि भनिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

गठबन्धनमा तालमेलअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरमा मेयरमा उम्मेदवारी उठाउने भाग पाएको छ । चितवन, वीरगन्ज र पोखरामा उपमेयर पाएको छ । ती सबै स्थानमा शुक्रबारको बैठकबाट उम्मेदवारको टुंगो लगाइने काँग्रेसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्