Logo
Logo

युक्रेनको मारिओपोल सहर कब्जा गरिएको रुसको दाबी


693
Shares

एजेन्सी । रुसले युक्रेनको मारिओपोल सहर कब्जा गरिएको दाबी गरेको छ ।

लामो समयदेखि ठूलो युद्ध चलिरहेको उक्त सहरस्थित एजोभस्टल स्टिल कारखानासमेत कब्जामा लिएसँगै सहर नै आफ्नो नियन्त्रणमा आएको दाबी रुसको छ । बीबीसीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिओपोल सहरले मुक्ति पाएको भन्दै खुसी व्यक्त गरेका र अब कारखाना बन्द गर्नुपर्ने बताएका छन् । स्टिल कारखानामा अझै झन्डै दुई हजार जना युक्रेनी सेना सुरुङमुनि बसिरहेका अनुमान गरिए पनि अब आक्रमण र बम वर्षा नगर्न पनि पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई निर्देशन दिएका छन् ।

तर, उनले कारखानाबाट एक जना व्यक्ति पनि भाग्न नपाउने निश्चित गर्न सेनालाई निर्देशन दिएका छन् । मारिओपोलका बाँकी ठाउँ अघिल्लो हप्ता नै कब्जा गरे पनि रुसले एक विशाल स्टिल कारखाना भने नियन्त्रणमा लिन सकेको थिएन । रुसले यसअघि तीन पटकसम्म आत्मसमर्पणको अल्टिमेटम दिए पनि युक्रेनी सेनाले आत्मसमर्पण गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्