Logo
Logo

चितवनमा मिल्यो भागबण्डा : कसले कुन पालिका पाए ?


13.7k
Shares

चितवन । सत्तारुढ गठबन्धनका दलहरुबीच चितवनका पालिकाहरुमा भागबण्डा मिलेको छ । भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रले पाउने गरी टुंगो लागसँगै गठबन्धनका दलहरुले अन्य ६ पालिकाको पनि प्रमुख र उपप्रमुख भागबण्डा टुंग्याएका छन् ।

जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच सहमति भएको हो ।

सहमतिअनुसार कांग्रेसले ४ वटा पालिका प्रमुख, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक÷एक पालिका प्रमुख लिने भएका छन् ।

कांग्रेसले जिल्लाको इच्छाकामना गाउँपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिकाको प्रमुख पद लिने सहमति भएको छ ।

गठबन्धनको जिल्ला संयन्त्रको बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रले माडी नगरपालिकाको प्रमुख पद लिने भएको छ भने एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख लिने भएको छ ।

यस्तै, गठबन्धनको चितवनको जिल्ला संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखसहित सदस्यहरुको समेत भमगबण्डा मिलाएको छ । जिल्ला समन्वय समिति चितवनको प्रमुख पद कांग्रेसले लिने भएको छ भने उपप्रमुख पद माओवादी केन्द्रले लिएको छ । जिल्ला समन्वय समितिको सदस्य पदमा तीन वटै दलले २÷२ वटा सिट लिने सहमति भएको छ ।

त्यस्तै इच्छाकामना गाउँपालिका, खैरहनी र कालिका नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले पाएको छ । रत्ननगर नगरपालिकाको उपप्रमुख पद एकीकृत समाजवादीले पाएको छ भने माडी नगरपालिकाको उपप्रमुख पद काग्रेसले पाएको छ ।

गठबन्धन बैठकले इच्छाकामना गाउँपालिकाको वडा तहको भागबण्डा समेत टुंग्याएको छ । जसमा इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ माओवादी केन्द्रले लिने भएको छ भने ४, ५, ६ र ७ काँग्रेसको भागमा परेको छ । सो पालिकाको केही वडा सदस्य पद एकीकृत समाजवादीले लिने भएको छ । अन्य ५ वटा नगरपालिका र भरतपुर महानगरपालिकाको वडा तहको भागबण्डाबारे आज गठबन्धनको बैठक बस्ने बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्