Logo
Logo

रहर कि कर, सुटुक्कै विवाहको लहर



काठमाडौं । अभिनेत्री केकी अधिकारीले बिहीबार विवाह गरेकी छन् । उनले तामझाम नगरी रोहित तिवारीसँग सुटुक्कै विवाह गरेकी हुन् । विवाहको तस्विरहरु भने केकी सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।

केही वर्षयताको प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । केकी र रोहितको विवाह समारोहमा उनीहरुका पारिवारिक सदस्य र निकट साथीहरूमात्र निम्ताइएको थियो । उनीहरुले हिन्दू परम्पराअनुसार लगन गाँठो कसेका थिए ।

यस्तै, आज अर्की अभिनेत्रीले पनि सुटुक्कै विवाह गर्दैछिन् । अभिनेत्री वर्षा सिवाकोटी आज विवाह बन्धनमा बाँधिदैछन् । केही साताअघि मात्र अमेरिकाबाट फर्किएकी उनले अमेरिकामै बस्दै आएका आफ्नो प्रेमीसँग विवाह गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्