विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय गठबन्धनले तय गरेको महानगरपालिका र उपमहानगरपालिकाबाहेक सबै नगर तथा गाउँपालिकाको वडा तहसम्म उम्मेदवार दिने निर्णय गरेको छ ।

प्रदेश १ मा विराटनगर महानगरपालिका, इटहरी र धरान उपमहानगरपालिकालगायत १३७ स्थानीय तह रहेका छन् । शुक्रबार बिहान स्थानीय निर्वाचनसम्बन्धी अत्यावश्यक निर्णय गर्न अख्तियारी पाएको नेपाल एकीकृत समाजवादी १ नम्बर प्रदेश कमिटीको आकस्मिक बैठकले यो निर्णय गरेको हो ।
दलका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।














