Logo
Logo

आचारसंहिता पालनामा दलहरु जिम्मेवार बन्नुपर्छ


630
Shares

बलेवा । बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधवार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायतका विषयमा छलफल थालेका छन् । राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए । आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो ।

“निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ”, उनले भने, “हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय होइन ।” बुधवार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे । गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचन सफल बनाउने जिम्मेवारी सबैको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्