Logo
Logo

मुलुकबाहिर विमान डाइर्भट गर्ने समस्या हट्यो


1.4k
Shares

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम तथा प्राविधिक समस्या आएमा अन्तर्राष्ट्रिय उडानहरू मुलुक बाहिर डाइर्भट गर्नु नपर्ने भएको छ ।

अन्तर्राष्ट्रिय उडानका विमानहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेमा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । यसअघि मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा छिमेकी मुलुकमा विमान डाइभर्ट हुँदै आएका थिए ।

सन् २०१४ मा सुरु भएको सो विमानस्थल सन् २०१७ को अन्त्यमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि विभिन्न प्राविधिक कारणले गर्दा पाँच वर्ष ढिला सञ्चालनमा आएको हो ।

भैरहवा विमानस्थलले वार्षिक १५ लाखसम्म यात्रुलाई सेवा दिने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी अधिकारीले बताए । उनका अनुसार दसैंपछि निर्माण सुरु हुने टर्मिनल भवन बनेपछि यो विमानस्थलले ७० लाख यात्रुलाई सेवा दिनसक्ने छ । विमानस्थलमा वायुयान कम्पनीहरूलाई कस्तो सेवा सुविधा दिएर आकर्षित गर्न भन्नेबारे चाँडै सरकारले तय गर्न उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार विमानस्थलको व्यावसायिक रूपमा सञ्चालन गर्न गठित समितिले काम गरिरहेको छ । गठन गरिएकोे समितिले तय भएको मितिमा उडान गर्नका लागि सरोकारवाला निकायसँगको संयोजनमा काम गर्ने जिम्मेवारी तोकिएको छ ।

इन्टुमेन्टल ल्यान्डिङ सिस्टम जडान भएको सो विमानस्थलमा कम भिजिविलिटिमा पनि उडान तथा अवतरण गर्ने सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्