Logo
Logo

भ्रष्टाचार नगर्ने एमालेको संकल्प


2.1k
Shares

काठमाडौं । नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् ।

घोषणापत्रमा आफ्ना जनप्रतिनिधिका सन्दर्भमा ६ वटा संकल्प व्यक्त गरिएको छ । जसमा शासक होइन, जनताको सेवक हुने, आफ्ना जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका बुँदाहरू छन् ।

एमालेको संकल्प

१. हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुनेछन्।
२. हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकास अभियन्ता हुनेछन्।
३. हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुन बन्नेछन्।
४. हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।
५. हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्।
६. हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्यातउन अग्रणी भूमिका खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्