Logo
Logo

जिल्ला तहमा तालमेल सन्तोषजनक छैन : अध्यक्ष नेपाल


1.1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाबाहेकमा स्थानीय तहमा गठबन्धनबीच सन्तोषजनक तालमेल हुन नसकेको बताएका छन् ।

नेकपा स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गबठन्धनको तालमेलमा जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका हुन् ।

फाइल फोटो

उनले देशैभर आफ्नो पार्टीको संजाल र संगठन रहेको भन्दै हरेक पालिकामा कुनै न कुनै पदमा सहभागिता गराउनुपर्ने दावी गरे । महानगर र उपमहानगरपालिकामा गठबन्धनबीच भएको तालमेल भने निकै राम्रो भएको उनको भनाई छ ।

अध्यक्ष नेपालले यसअघि एमालेले जितेको स्थानमा पनि एकीकृत समाजवादीको दावी रहेपनि अन्य दलभित्र आकांक्षी बढेपछि समस्या बढेको बताए ।

त्यस्तै अध्यक्ष नेपालले एमालेका धेरै नेताहरु समाजवादी प्रवेश गरेर केपी ओलीको कुर्सीको खुट्टा भाँचिएको तर्क गरे । एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर समाजवादीमा आउन उनले आग्रह गरे । कार्यक्रममा पिताम्बर तिम्सिना लगाएतलाई अध्यक्ष नेपालले समाजवादी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्