
नेपालगन्ज । नेपालगन्ज सत्तारूढ गठबन्धनबाट नेकपामा ओवादी केन्द्र बाहिरिएको छ । शनिबार नगर समितिले पत्रकार सम्मेलनमार्फत गठबन्धनबाट बाहिरिएको जानकारी दिएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा माओवादी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर नदिइएका कारण गठबन्धनबाट बाहिरिएको नगर अध्यक्ष रतन शाहीले जानकारी दिए ।
केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरुले गठबन्धनको मूल मर्मविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको उनले बताए ।














