
काठमाडौं । प्रमुख प्रतिक्षी दल नेकपा एमालेले ५ महानगरपालिका र १० उपमहानगरालिकाको उम्मेदलको नाम टुंगो लगाएको छ ।
शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सम्पम्म सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो ।
सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी, ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भरतपुर महानगरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले यी दुबै महानगरको उमपेयरको उम्मेदवार भने तोकेको छैन । एक नेताले दिएको जानकारी अनुसार यी दुई महानगरमा एमाले नेतृत्वमा रहेका गठबन्धनमा आवद्ध दलहरुलाई उमेयर दिने तयारी गरिएको छ ।














