Logo
Logo

काठमाडौंमा एमालेका उम्मेदवार- विवादित स्थापित र नेवा सुन्दरी


16.8k
Shares

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरालिकामा केशव स्थापितलाई मेयर र पूर्व मिस नेवा सुनिता डंगोललाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले स्थापित र डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पूर्व मिस नेवा डंगोलले यसअघि स्वतन्त्रबाट मेयरमा लड्ने घोषणा गरेका थिए । उनैलाई एमालेले उपमेयरको उम्मेदवार बनाएको हो । स्थापित काठमाडौंका पूर्व मेयर तथा वागमती प्रदेशका पूर्वमन्त्री समेत हुन ।

अघिल्लो निर्वाचनमा एमालेबाट मेयर निर्वाचित विद्यासुन्दर शाक्यले राम्रो काम नगरेका कारण एमालेप्रति जनधारणा नकारात्मक बनेका कारण एमालेले तनावमा थियो । यस्तो अवस्थामा कस्तो व्यक्तिलाई उम्मेदवार बनाउँदा जित हाँसिल गर्न सकिएला भनेर लामो समय अभ्यासमा जुटेको एमालेले पपुलिष्ट व्यक्तिहरु खोजेर उम्मेदवार तयार पारेको हो ।

एमाले भित्रैबाट विरोध गरिएका विवादस्पद व्यक्ति स्थापित र एमालेसँग कुनै सम्बन्धनै नरहेका डंगोललाई उम्मेदवार बनाएर एमालेले पपुलिष्ट व्यक्तिबाट जित प्राप्त गर्ने प्रयास गरेको हो ।

सत्तारुढ गठबन्धनले सिर्जन सिंहलाई मेयरको उम्मेदवार बनाउने लगभग पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस्