Logo
Logo

बायर्नलाई लगातार दशौँ पटक उपाधि


504
Shares

एजेन्सी । बायर्न म्युनिखले लगातार दशौँ पटक जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा बोरुसिया डर्टमन्डलाई ३–१ गोलले हराउँदै बायर्नले लगातार दशौँ सिजनको उपाधि जितेको हो । घरेलु मैदानमा सेर्जी जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले गोल गरे। डर्टमन्डका इम्री क्यानले एक गोल फर्काए । जितसँगै बायर्नले तीन खेल अगाडि नै उपाधि जितेको हो । उसको ३१ खेलमा ७५ अंक छ ।

समान खेलमा दोस्रो स्थानमा रहेको डर्टमन्डको ६३ अंक छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १० औँ सिजन उपाधि जित्ने पहिलो टोलीसमेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्