काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आइतवार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये एक जना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन ।
दुर्घटनापछि उपचारका क्रममा ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको हो । उनीहरु दुवै जना बौद्धको नयाँ बस्तीमा बस्दै आएका थिए । दुर्घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।














