Logo
Logo

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु


1.6k
Shares

काठमाडौं । पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सडकखण्डको ग्रिनविच स्कुलनजिकै खहरेबाट पेप्सीकोला जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

बा ५० प ९९३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नम्बर ६ घर भई बौद्ध नयाँ बस्ती बस्ने ३२ वर्षीय कमल आले मगर र २१ वर्षीय गोपाल आले मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको टाउको चोट लागेर घाइते भएपछि तत्काल ट्रमा सेन्टर लगिएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्