काठमाडौं । यही ३० बैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गरेका छन् । उनी काठमाडौं महानगरपालिका–१९ का बासिन्दा हुन् ।

मनोनयन दर्तापछि पत्रकारहरुसँग जोशीले जित्नका लागि भन्दा नराम्रो उम्मेदवारलाई हराउन आफ्नो उम्मेदवारी रहेको बताए ।
त्यस्तै, स्वतन्त्रबाट राजन कार्कीले मेयरमा मनोनयन दर्ता गराएका छन् । उनी १० वर्षदेखि ट्राभल व्यवसायमा संलग्न छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले आज र भोलि आफ्नो उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।














