Logo
Logo

कांग्रेसको संकल्प : भ्यू-टावर नबनाउने


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले भ्यू-टावर नबनाउने संकल्प लिएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको संकल्प प्रकाशित गर्दै जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कांग्रेसकाे प्रतिवद्धता छ ।

८८ पृष्ठ लामो सङ्कल्पमा ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर, गाउँदेखि केन्द्रसम्म नेपाली काँग्रेसको सरकार’ भन्ने नारा दिइएको छ । पार्टीले आफ्नो सङ्कल्पमा चुनाव जितेपछि केही नगर्ने कामहरूको सूची पनि बनाएको छ ।

जसमा जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने र नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने लगायत विषयहरू समावेश गरेको छ ।

सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन गर्न नदिने र नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर तथा आर्थिक प्रलोभन वा व्यक्तिगत प्रभावमा परेर कुनै पनि निर्णय वा काम नगर्ने, नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने कांग्रेसको प्रतिबद्धता छ ।

त्यस्तै कानुन, आर्थिक तथा वित्तीय उत्तर दायित्व र अनुशासनको उल्लङ्घन गर्ने, महिला माथि हुने हिंसा, जातीय भेदभाव, लैङ्गिक विभेद, सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा प्रत्यक्ष तथा परोक्ष रूपमा समेत कुनै पनि अवस्थामा संलग्न नहुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्