Logo
Logo

एमालेले विराटनगरमा उठायो हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई


46.9k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई उठाउने भएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको हो ।

सागर महानगर कमिटी अध्यक्ष हुन् भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन् । एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो ।

विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर एमालेले हेबी वेट आकांक्षीलाई पछि पार्दै उनीहरुलाई टिकट दिएको हो ।

विराटनगरमा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाए पनि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लागन सकेको छैन । गठबन्धनमा रहेका दलहरुले भागबन्डा गर्दा विराटनगरको मेयर कांग्रेस र उपमेयर जसपाको भागमा परेको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्रलाई उपमेयरमा अघि सार्ने तयारी गरेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्