Logo
Logo

झाँक्रीको आक्रोस : निर्णय अनुसार तालमेल भएन, एकदिन हिसाव हुन्छ


4.1k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका दलहरुबीच देशभर तालमेल गर्ने सहमति भए पनि कतिपय स्थानमा तालमेल हुन सकेको छैन ।

गठबन्धनको निर्णय अनुसार तालमेल हुन नसकेको भन्दै दलका नेताहरुले नै असन्तुष्ट व्यक्त गर्न थालेका छन् । यसैबीच सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मध्यरातमा फेसबुक मार्फत गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको दुखेसो पोखेकी छन् ।

एकीकृत समाजवादीलाई बाहिर राखेर कतिपय स्थानमा कांग्रेसको माओवादीकोबीचमा मात्र गठबन्धन हुन थालेपछि झाँक्रीले यस्तो आक्रोस पोखेकी हुन् । उनले गठबन्धनकै शीर्ष नेताहरुको अभिव्यक्तिप्रति असन्तुष्ट जनाएका छन् ।

आइतबार राति उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्धनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो वीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’

प्रतिक्रिया दिनुहोस्